नेपाल किड्स आइडलको स्कुल एक्टिभेसन
काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ । आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको हो । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।
जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीलाई शो प्रति चासो बढाएको बताए । ‘विद्यालयका विद्यार्थीसँगै शिक्षक तथा अभिभावकले पनि यो शोप्रति चासो देखाउनुभएको छ । बालबालिका लक्षित कार्यक्रम भएकाले पनि सबैले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने ।
जयका अनुसार नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गरिनेछ ।
शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् । त्यस्तै २६ जना प्रतियोगीले जनही १० हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । ३० एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।
Facebook Comment