भारतीय अभिनेत्री शेफालीको निधन
मुम्बई(एजेन्सी) । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले उनको निधनको दाबी गरिरहँदा भाइरल बयानीको इन्स्टाग्राम पोस्टमा पनि शेफालीको निधन बारे जानकारी दिइएको छ ।
शेफाली मुम्बईको अँधेरी लोखण्डवाला इलाकामा बस्थिन् । परिवारका अनुसार उनलाई राती ११ बजेतिर अचानक छातीमा दुखाई भएको थियो । उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगेका थिए । जहाँ चिकित्सकले उपचार सुरु गर्नुअघि नै मृत घोषणा गरेका थिए ।
दर्शकमाझ ‘काँटा लगा गर्ल’का रुपमा परिचित शेफाली ४२ वर्षकी थिइन् । उनले फिल्म ‘मुझसे शादी करोगी’मा अक्षय कुमार र सलमान खानका साथ काम गरेकी थिइन् ।
शेफाली चर्चित रियालिटी शो ‘बिग बोस १३’को प्रतिष्पर्धी थिइन् । उनी नृत्यका कारण पनि फ्यान माझ चर्चित थिइन् ।
Facebook Comment