मंसिर १२ मा कुम्भ
काठमाडौं। म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय रन्धिर श्रेष्ठको लेखन र निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’ मा नवनायक अशोक आर्यन, कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।
फिल्मको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्।
ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। फिल्मको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। फिल्मको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।
Facebook Comment