पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भात्किएको छ ।

पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं। १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो । अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो पुल भत्किएपछि सडक पूर्ण रुपमा ठप्प भएको छ ।

पुरानो भईसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरु बताउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *