एक्लोको फस्टलुक भिडियो

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा फिल्मका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ।

फिल्मले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्।

बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेका छन्। हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा जारी छ । फिल्म क्रिसमस अवसर पारेर पुषमा रिलिजको तयारीमा छ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी,संगीता वादी श्रेष्ठ,रितेश राना,सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *