५२ औं दिनमा कोशेढुंगाको छायांकन पुरा
काठमाडौं । निर्देशक सरोज पौडेलको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ । छायांकनको ५१ औं दिनमा इन्डक्ल्याप भएको हो ।
फिल्मको छायांकन मकवानपुरको चितलाङ्ग, मार्खु, ललितपुरको च्यासल, स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो ।
फिल्मभदौ १२ गते नेपालसहित ४० देशमा एकसाथ रिलिज हुँदैछ । फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
Facebook Comment