नेप्सेको ओरालो यात्रा कायमै, ०.१४ अंकले घट्यो सुचक
काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ ।
सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेकस ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०५ अंक बढेको छ ।
यस दिन बुटवल पावर कमपनी, पिपुल्स हाइड्रो पावर, रिभरफल्स पार लिमिटेडले सर्वाधिक कमाएका छन् । यस दिन बुटवल पावरको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ । त्यसैगरी पिपुल्स हाइड्रो पावर ५.९६ प्रतिशत र रिभरफल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.६९ प्रतिशतले बढेको छ ।
यस दिन रसुवागढी हाइड्रो पावर र भुगोल इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । नेपाल रिइन्स्योरेन्स, बुटवल पार कमपनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्बाधिक कारोबार भएको छ ।
Facebook Comment