एक्का तीनको घोषणा

काठमाडौं । गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माण ‘एक्का तीन’ को घोषणा गरेका छन् । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।

फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्म एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।

थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।

यसपटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका फिल्ममा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर यो फिल्म निर्देशन गर्ने रुपेश बताउँछन् । फिल्मको छायांकन चाडै नै सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *