ट्रेन्डिङमा जनै हराएको मान्छेः सम्बन्धका धागाहरु टिजर
काठमाडौं । आगामी भदौ ६ गते रिलिज हुने फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर युट्युबको ट्रेन्डिङको चौथो स्थानमा पुगेको छ । गत मंगलबार सार्वजनिक भएको टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक पाएको छ ।
टिजरको कमेन्टमा दर्शकले विजय बरालको कामको तारिफ गरेका छन् । हिमाल न्यौपाने निर्देशित टिजरमा एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ ।
टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।
टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।
फिल्ममा विजय बराल, केकी अधिकारी र मिरुना मगरका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
Facebook Comment